site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काेराेना कहर : विश्वका ४० भन्दा बढी देशले भारतलाई सहयोग गर्ने
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले जानकारी दिएका छन् । 

उनले विश्वका ४० भन्दाबढी देशले भारतले कोभिडका विरुद्धमा गरेको संघर्षलाई सघाउने बताएका बताए । ती देशहरुले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरु, जनस्वास्थ्य अधिकारीहरु, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु आदि सहयोग गर्ने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia


भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही सङ्क्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

भारतका अधिकारीहरुले बिहीबारको तथ्यांक सार्वजनिक गरेअनुसार त्यहाँ तीन लाख ८० हजार भन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको छ भने ३ हजार ६०० भन्दा बढीको यही संक्रमणबाट ज्यान गएको छ । हाल भारतका दुई लाखभन्दा बढीको यसै संक्रमणबाट ज्यान गइसकेको बताइएको छ ।  

Global Ime bank

भारतमा पछिल्लो समयमा अस्पतालमा बेड अभाव भएको छ भने सिकिस्त विरामीलाई अक्सिजन दिन सक्ने अवस्था पनि नभएको देखिएको छ । भारतको यो अवस्था भएका कारण विश्वका देशहरुले उसलाई सहयोग गर्ने बताएका हुन् ।

यसअघि संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने बुधबार मात्र जनाएको थियो ।  संयुक्त राष्ट्रसंघको प्रवक्ताले बुधबार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रसंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको बताएका थिए । 

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् । त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकरणहरु पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC