site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तीव्र गतिमा फैलिरहेको कोरोना नियन्त्रणका लागि सवैपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“कोभिड १९ को महामारी नेपालका तीव्र गतिमा फैलिरहेको छ । यसले सबैतिर प्रभाव पार्ने देखिएको छ । यसको रोकथामका लागि सबै पक्षसँग हातेमालो गर्दै सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरिएको छ,’ उनले भने ।

Agni Group

उनले राजनीतिक दल, स्वास्थ्यकर्मी, नागरिक समाज लगायतले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।  बैठकले महामारीको नियन्त्रणमा स्वयं सेवकका रुपमा परिचालन हुन पार्टी कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएको उनले बताए । 

माओवादी केन्द्रले निजी अस्पताल निर्माण गर्न सरकारसमक्ष माग गरेको छ । आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेको प्रवक्ता श्रेष्ठले बताए ।

Global Ime bank

उनकाअनुसार बैठकले नेपाल–भारत सीमामा कडा गर्न पनि माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC