site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यामलालले माओवादीलाई भने - छिमेकीको व्यवस्थापनमा लाग्दा घर बिग्रिन्छ

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीका सांसदहरुको चरित्र हत्या नगर्न आग्रह गरेका छन् । आजको प्रदेश सभा बैठकमा उनले माओवादी केन्द्रलाई  छिमेकीको घरको चिन्ता नगर्न आग्रह गरे ।

कँडेलले नेकपा हुँदाका समस्या एमालेमा देखा परेको बताए । एमालेमा भएको समस्याको आफैं समाधान गर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल पक्षको साथ दिने चर्चा भइरहेको छ ।

त्यही विषयलाई संकेत गर्दै उनले भने, "आफ्नो घरको व्यवस्थापन आँफै गर्नुभयो भने छिमेकीसँगको सम्बन्ध पनि राम्रो हुन्छ । घरतिर भन्दा छिमेकीको गर्दा घर पनि बिग्रन्छ । छिमेकीको सम्बन्ध पनि बिग्रिन्छ ।"

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्