site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेटलाइफ नेपालका ग्राहकले बिमा दाबी अनलाइन गर्न सक्ने

काठमाडौं । मेटलाइफ नेपालले अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको छ ।

अब ग्राहकले आवश्यक कागजातसहित बीमा दाबीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेस गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दाबी टोलीले तुरून्त दाबी प्रक्रिया सुरु गर्ने जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनलाइन दाबी प्रक्रिया पूरा गर्न अनलाइन बिमा दरखास्त, प्रिमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको हुनुपर्नेछ ।

मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बीमा दाबीलाई सहज बनाउन यस्तो सेवा ल्याएको बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्