site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनका वरिष्ठ अधिकारी भन्छन्– चिनियाँ खोपको सुरक्षा दर उच्च छैन 
Ghorahi CementGhorahi Cement

बीबीसी । चीनको रोग नियन्त्रण विभागका शीर्ष अधिकारीले देशमा निर्मित कोभिडविरुद्धको खोपको प्रभावकारिता कम भएको बताएका छन् । चीनमा आफ्नो कमजोरी यस किसिमले स्वीकारेका दुर्लभै घटनाहरु छन् । पत्रकार सम्मेलनमा बोल्दै गाओ फुले चीनले खोपको प्रभावकारीता बढाउन दुईवटा मिसावट गर्नेबारे विचार गरिरहेको समेत बताएका हुन् । 

चीनले अहिलेसम्म सार्वजानिक प्रयोगका लागि चार फरक खोपहरु स्वीकृत गराएको छ । जसमा कतिपयको प्रभावकारीता विदेशी ट्रायलमा ५० प्रतिशत रहेको पाइएको थियो । गाओले पछि चाहिँ आफ्नो अभिव्यक्ति गलत ढङ्गमा बुझिएको भनेर स्पष्टीकरण दिन खोजेका हुन् । चीनमा हाल १० करोड मानिसहरुले देशमा निर्मित खोपको कम्तीमा एउटा डोज लगाइसकेका छन् । र बेइजिङले अझै पनि आफ्ना खोपहरु प्रभावकारी र पूर्ण सुरक्षित भएकामै जोड दिइरहेको छ भने चिनियाँ खोप लगाउने विदेशीहरुलाई मात्र भिसा दिइने बताउँदै आएको छ । 

Agni Group

गाओका अनुसार खोपको प्रभावकारीता वृद्धि गराउन डोज या समय अन्तरालमा परिवर्तन ल्याउन सक्छ । साथै उनले विभिन्न थरीका खोपहरुलाई मिलाउन पनि सुझाव दिएका हुन् । तर पछि चाहिँ उनले राष्ट्रिय संचार ग्लोबल टाइम्ससँग कुरा गर्दै दुनियाँभरका सबै खोपहरुको सुरक्षा दर कहिले उच्च कहिले कम हुने गरेको भनेर आफ्नो भनाइ बदलेका हुन् । उनले भनेका छन्, “खोपको प्रभावकारीतामा कसरी सुधार ल्याउन सकिन्छ भन्ने प्रश्न विश्वभरका वैज्ञानिकहरुले सोच्नुपर्ने कुरा हो ।”

गाओका भनाइहरु चीनका प्रायः मिडियाहरुले रिपोर्ट गरेका छैनन् । तर उनको पूर्ववक्तव्यबारे चिनियाँ संजाल वेइबोमा केही प्रयोगकर्ताले आक्रोश जनाउँदै उनलाई ‘चुप लागेर बस्न’ भनेका हुन् । 

Global Ime bank

चिनियाँ खोपबारे हामीलाई के थाहा छ ?

अन्तर्राष्ट्रिय रुपमा चिनियाँ खोप सम्बन्धी एकदम कम डाटा उपलब्ध छ जसकारण पनि चिनियाँ खोपको प्रभावकारीता पश्चिमी विज्ञहरुले अनिश्चित ठहर गर्दै आएका छन् । जस्तै ब्राजिलको ट्रायलमा चीनको साइनोभ्याक खोपको प्रभावकारीता ५०.४ प्रतिशत रहेको पाइएको थियो जुन विश्व स्वास्थ्य संगठनबाट स्वीकृत हुने अन्तिम सिमा हो । उता टर्की र इन्डोनेशियामा गरिएको परीक्षणपछि अन्तिम चरणको ट्रायलका प्रारम्भिक नतिजामा साइनोभ्याक सुइ ९१ देखि ६५ प्रतिशत प्रभावकारी हुन सक्ने देखाएको थियो । 

पश्चिममा निर्मित खोप : फाइजर, मोडेर्ना या एस्ट्राजेनेका सबैको प्रभावकारीता दर ९० प्रतिशत या सो भन्दा बढी रहेको छ ।

चिनियाँ खोपहरुको एउटा उल्लेख्य फाइदा भनेको यसलाई साधारण फ्रिजमा २ देखि ८ डिग्री तापमानमा स्टोर गरि राख्न सकिन्छ जसले यसको वितरण सजिलो बनाइदिन्छ । फाइजरको खोपलाई माइनस ७० डिग्री र मोडेर्नालाई पनि माइनस २० डिग्रीमा स्टोर गरि राख्नुपर्दछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC