site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई चौथोपटक हटाउँदै छौँ : प्रचण्ड 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहेको टिप्पणी गरेका छन् । आइतबार गृहनगर चितवनमा पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई प्रधानमन्त्रीबाट छिट्टै हटाउने बताए ।

प्रचण्डले तत्कालीन नेकपाको संसदीय दलको बैठकले ओलीलाई हटाएर आफूलाई दलको नेता बनाउँदा उनको पद स्वतः गएको, दुईतिहाइ बढीले हस्ताक्षर गरेर पार्टी सदस्यबाट हटाउँदा र संसद् विघटनविरुद्ध सर्वोच्चको फैसलाले ओलीको प्रधानमन्त्रीको पद गुमेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अदालतले फैसला गरेपछि तुरुन्तै प्रधानमन्त्रीबाट हट्नुपर्छ, दुनियाँको कोही पनि मान्छे बसिराख्दैन । तीनपटक हामीले प्रधानमन्त्रीलाई हट्नैपर्ने स्थितिमा पुर्‍यायौँ । तर, विडम्बना भन्नुपर्छ, केपीचाहिँ बसिरहेकै छन्,” उनले भने, “प्रधानमन्त्रीमा अब हामी फेरि चौथोपटक उहाँलाई हटाउँदै छौँ ।”

केही दिनमा नै ओलीलाई हटाउने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने उनको भनाइ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC