site stats
बाह्रखरी :: Baahrakhari
देश
पहाडी भू–भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागहरुको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ ।  पहाडी भू–भागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०७:३२
प्रतिक्रिया दिनुहोस्