site stats
बाह्रखरी :: Baahrakhari
देश
३३७ संक्रमित थपिए, एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३७ संक्रमित थपिएका छन् । तीन हजार ५३२ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३७ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण देशभर एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३९ पुगेको छ ।

हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा दुई हजार ८०० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १६:०६
प्रतिक्रिया दिनुहोस्