site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कुमारी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ ।

बैंकले आफ्नो प्रदेश नम्बर–२ मा रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । सरसफाइसँगै डस्बिन, मास्क र स्यानिटाइजर वितरण तथा वृक्षरोपण गरेकोे पनि बैंकले जनाएको छ ।

बैंकले १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्