site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन थापालाई महेश बस्नेतको सुझाव– प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ नदेखाउनोस्
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मालाई ‘च्यालेन्ज’ गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्योलता र विभाजनको स्थिति बनेको अवस्थामा अस्वस्थखालका छलफल सदनमा चल्न थालेको टिप्पणी गरे ।

उनले सांसद गगन थापालाई इंगित गर्दै भने, “प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने कतिपय साथीभाइहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाइँ गरिँदैन र दाइँ गर्नका लागि गोरुकै शैली चाहिन्छ र आज संसद्मा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गरौँ, नसके वस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओली राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिँदै आएको भन्दै उनले सरकारले गरेका विकास निर्माणका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन’ भनी भन्न चुनौती दिए ।

“रानी पोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ ? एक दिनमा १९६ अस्पताल शिलान्यास भएको कुराले, १६४ वटा निर्वाचन क्षेत्रसँग सम्बन्धित सडकहरु रणनीतिक सडकको रुपमा शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?,” उनले भने, “एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ, मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस् ।”

Global Ime bank

मेलम्ची, धरहरालगायत निर्माण आयोजनाहरुको फेहरिस्त दिँदै उनले सरकारले वैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

उनले भने, “यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त अख्तियारलाई बलियो बनाउने भूमिका खेलेको छ, सम्पत्ति शुद्धीकरण कार्यालयलाई व्यवस्थित गरेको छ । राजस्व अनुसन्धानजस्ता कार्यालयहरु व्यवस्थित भएका छन् । अनि, विगतमा भ्रष्टाचार गरेका नेताहरु अहिले फरार छन् । ती कुन पार्टीमा छन्, खोज्नुहोस् । ती नेताहरु अहिले हामीलाई थुन्दै छ सरकारले भनेर गायब भइरहेका छन् । डराइरहेका छन् । टीभीमा इन्टरभ्यु दिइरहेका छन् । ती नेताहरु कुन पार्टीमा छन्, खोज्नुहोस् ।”

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुट्यो भने मात्रै विश्वासको मत लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको राजीनामा माग्नु ‘कुतर्क’ भएको टिप्पणी गरे । “कतिपय साथीहरुले भन्नुभयो, नेकपा विभाजित भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । यो कुतर्क हो,” उनले भने ।

उनले नेकपा (माओवादी केन्द्र)ले दिएको विश्वास फिर्ता लिन नसकेको र अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको टिप्पणी गरे । उनले भने, “हिजो नेकपा एमालेलाई न पोथी न भाले भन्ने नेकपा माओवादी केन्द्रले आज न पोथी न भालेको अवस्थामा छ र उसले न विश्वासको मत फिर्ता लिन सक्छ न अविश्वासको प्रस्ताव नै ल्याउन सक्छ ।”

उनले प्रधानमन्त्री संसद्मा सहभागी हुन आए पनि सभामुखले सहभागी हुने वतावरण नमिलाएको आरोप लगाए । एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी सुरु हुँदा ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उनले उल्लेख गरे ।

“जुन दिन प्रधानमन्त्रीज्यू आउनुभयो, त्यो दिन सभामुखलगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने र आलटाल गर्ने । पहिलो बैठककै विषय हामी हेर्छौँ, अध्यादेश पेस गर्न नदिन माओवादी केन्द्रले बहिष्कार गर्‍यो । कांग्रेसले रोष्ट्रम घेर्ने काम गर्‍यो । यो तितो यथार्थ र इतिहास हामी सबैले सम्झेका छौँ । यहाँ प्रधानमन्त्रीको अनुपस्थिति भयो सदनमा भन्ने ढंगले कुरा उठिरहेको छ,” उनले भने, “प्रधानमन्त्रीको राजीनामा जबर्जस्ती पनि मागिँदै छ । प्रधानमन्त्रीलाई गलहत्याउने पनि कुरा गरिँदै छ । कतिपय युवा साथीहरुले प्रधानमन्त्रीसँग ठाडठाडै बहस गर्ने चुनौती पनि दिइरहनुभएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC