site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई गगन थापाको निम्तो– कहाँ चमत्कार भएको छ, आउनुस् बहस गरौँ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई ‘विकासका काममा चमत्कार कहाँ–कहाँ भएको छ बहसका लागि संसदमा आउन’ चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीले मिथ्यांक प्रस्तुत गरिरहेको भन्दै तथ्यांकमा रहेर बहसमा आउन चुनौती दिएका हुन् । 

ओलीले निर्माण सकिएको वर्षौंपछि उद्घाटन र ठेक्का नलाग्दै आयोजनाको शिलान्यास गरेको भन्दै थापाले आक्रोस पनि पोखे । “गर्नुपर्ने काम गरेको छैन । मिथ्यांक ल्याएको छ । गफ चुटेको छ । हुँदा–हुँदा निर्माण सकिएर दुई वर्ष अगाडिदेखि चालू भएको पुलको उद्घाटन भएको छ, सिन्धुली र राप्तीको पुल । ठेक्का लागेको छैन सुनकोशी मरिन डाइभर्सन आयोजनाको शिलान्यास गरिएको छ,” सांसद थापाले भने, “ हुक्के चिलिमेहरू राखेर तपाईंले माथिबाट ठोक्ने तलबाट ताली बजाउने ? अपिन माननीय सांसदहरूले संसदमा आएर बालपत्रिका सुनाएर बस्ने होइन ।  कहाँ चमत्कार भएको छ, संसदमा आउनुस् बहस गरौँ ।” उनले प्रधानमन्त्रीले प्रस्तुत गरेको तथ्यमा टेकेर आफूहरू बहस गर्न तयार रहेको बताए ।

केही दिनअघि प्रधानमन्त्री ओलीले १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडकको शुभारम्भ गरेका थिए । त्यस्तै, सरकारले ३ हजार ५ सय १२ किलोमिटर सडक कालोपत्रे र ५ सय २८ वटा झोलुंगे पुलबाहेकका पुल बनाएको तथ्यांक प्रस्तुत गरेको थियो । 
सांसद थापाले प्रधानमन्त्री ओलीले दिनको १० किलोमिटर बाटो कालोपत्रे भएको भनेर भनेपनि दिनको ३ किलोमिटर बाटो पनि कालोपत्रे नभएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC