site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार निजामती सेवासम्बन्धी अन्तर्क्रियामा नतिजाभन्दा बढी प्रक्रियामा केन्द्रित हुनु नै प्रशासनको प्रमुख समस्या भएको धारणा प्रकट गरेका छन् । उनका अनुसार कर्मचारीको सोचमा सकारात्मक परिवर्तन नभएकाले प्रक्रियालाई महत्त्व दिइएको हो । 

लोकतन्त्र भने विधि र प्रक्रियाका आधारमा नै चरितार्थ हुन्छ । विधि र प्रक्रियाको उपेक्षा त अराजकतावादी वा अधिनायकवादीले मात्र गर्छ । यसैले करमचारीले प्रक्रिया अनुसरण गर्नुलाई समस्या देख्ने दृष्टि चाहिँ ‘नकारात्मक’ हो । 

स्पष्टै छ, प्रक्रियाका सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलको धारणा गलत हो । ‘प्रक्रिया विरोधी’ पोखरेलको मानसिकता अधिनायकवादी कम्युनिस्ट दीक्षाबाट निर्देशित हुनुपर्छ । व्यक्तिको अवचेतनमा रहेको विश्वास यसरी नै अनायास प्रकट जो हुन्छ ।  विडम्बना,  नेपालको संविधानले चुनाव जित्दैमा अधिनायकवादी मनसुवा पूरा गर्न दिँदैन । 

Agni Group

नेपालको निजामती प्रशासन प्रक्रियामुखी भएर हैन विधि र प्रक्रिया मिचेर विफल एवं बदनाम भएको हो । उदाहरण अनेकौं भेटिन्छन् । तैपनि, कोभिड(१९ का सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा प्रक्रिया मिचेर मिचाइएर भए गरिएका निर्णयहरूले सायद उनको कथनको अन्तर्य बुझ्न सहज होला ।  

स्वास्थ्य सामग्री खरिदका क्रममा नियतवश प्रक्रिया मिचेर सत्तारूढ दलका नेताका आफन्तलाई आपूर्तिको ठेक्का दिइयो । राजनीतिक नेतृत्वको इच्छाअनुसार प्रक्रिया मिचेर ‘परिणाम’ देखाउन कर्मचारीले पूरा सहयोग गरे । परिणाम भने उल्टो भयो । राज्यको करोडौ‌ रुपियाँ नोक्सान भयो तर चाहिएका बेला स्वास्थ्य सामग्री आपूर्ति भएन । 

Global Ime bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले बेलैमा सुरु गरेका स्वास्थ्य सामग्री आपूर्ति प्रक्रियामा तालुकवाला मन्त्रीले तगारो नलगाएको भए बरू परिणाम सकारात्मक हुनसक्थ्यो । प्रक्रियामा भाँजो हाल्दा सरकारले नै ‘अनियमितता’ भएको स्वीकार गरेर आफन्त ठेकेदारलाई ‘कालोसूची’मा राख्ने घोषणा गर्नुपरेको थियो ।

नेपालको निजामती प्रशासनको सोचमा सुधार पक्कै पनि आवश्यक छ । सेवाग्राही जनतालाई ‘मामुली’ ठान्ने र तालुकवालालाई ‘मालिक’ मान्ने राणाकालीन प्रशासनकै धङधङी नै कर्मचारी प्रशासनको मूल समस्या हो । 

विधि र प्रक्रिया पालना गर्नुको साटो ‘माथिको इसारा’मा मिच्न, छल्न वा कागज मिलाएर तिनको मर्म मार्न सिकाउन पनि कर्मचारी नै अग्रसर हुन्छन् । यही प्रवृत्तिका कारण एकातिर राजनीतिक नेतृत्वले ‘झिँगा टाँस्ने’ भनेर हेप्छ भने अर्कातिर प्रशासन संयन्त्र पनि निकम्मा भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीले ओम्नीका पक्षमा प्रक्रिया मिच्ने मन्त्रीको बदनियतलाई साथ नदिएका भए सम्भवतः स्वास्थ्य सामग्रीको आपूर्ति बेलैमा हुनेथियो भने अनियमितताको विवाद पनि हुनेथिएन । यसैले प्रक्रिया अनुसरण गर्ने हैन मिच्ने  वा छल्ने प्रवृत्ति पो कर्मचारी प्रशासनको समस्या हो । 

अधिनायकवादी मनसुवा नभए विधि र प्रक्रिया घाँडो हुँदैन । अप्ठेरो वा अव्यावहारिक भए तिनमा जतिबेला पनि सुधार गरे भइहाल्छ । मानवीय सहायतामा समेत अपनाइने विधि र प्रक्रिया सामान्य अवस्थामै छल्न खोज्नु बदनियत नभए के हो ?  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC