site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतबाट न्यूजिल्यान्ड प्रवेशमा अस्थायी रोक
तस्बिरः राेयटर्स
Sarbottam CementSarbottam Cement

वेलिङटन । न्यूजिल्यान्डले भारतबाट आउने सबै यात्रीलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । न्यूजिल्यान्डले भारतमा कोरोना भाइरसको संक्रमण दर बढेपछि दुई हप्ताका लागि भारतबाट आउने यात्रुहरूलाई रोक लगाएको हो ।

बिहीबार न्यूजिल्यान्डको सीमामा भेटिएका २३ संक्रमितमध्ये १७ जना भारतीय रहेको पाइएपछि न्यूजिल्यान्ड सरकारले आक्रामक कदम चालेको हो । अप्रिल ११ देखि कार्यान्वयनमा आउने यो नियमअनुसार भारतबाट आउने सबै यात्रुहरूमा लागू हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामी भारतीय यात्रीहरुका लागि न्यूजिल्यान्ड प्रवेशमा अस्थायी रोक लगाउँदै छौं,” प्रधानमन्त्री जसिन्दा आर्डनले पत्रकार सम्मेलनका क्रममा भनिन् ।

उनकाअनुसार विमानस्थलबाट प्रस्थान गर्नुपूर्व गरिने परीक्षणले अन्य देशबाट आउने संक्रमितको संख्या कम गर्न मद्दत गरे पनि भारतबाट आउनेहरूको सन्दर्भमा यस्तो नदेखिएकाले पछिल्लो कदम चाल्न सरकार बाध्य भएको हो ।

Global Ime bank

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा हालसम्म एक करोड २८ लाखभन्दा बढीमा संक्रमण देखिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC