site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनभीए भलिबल लिग : महिला तथा पुरुषको उपाधि भिडन्त आज 

काठमाडौं । राजधानीमा जारी पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज (बिहीबार) हुँदैछन् ।

आज महिला तथा पुरुषतर्फका फाइलन खेलहरु हुन लागेका हुन् । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज महिला र पुरुष दुबै तर्फको फाइनल खेल हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । पुरुषको फाइनल खेल ११ः३० बजे सुरु हुनेछ ।
त्यस्तै महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लब र न्यु डाईमण्ड स्पोर्ट्स क्लब खेल्नेछन् । 

महिलाको फाइनल खेल दिउसो २ः३० बजे सुरु हुनेछ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०९:२१
प्रतिक्रिया दिनुहोस्