site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोर्टाेमाथि चेल्सीको सहज जित 

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।

प्रिमियर लिगको पछिल्लोलमा खराव नजिता भोगेको चेल्सीले च्याम्पियन्स लिगमा भने जित निकाल्न सफल भयो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार राति भएको खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २–० गोल अन्तरले हरायो ।  जितसँगै चेल्सीले पहिलो लेगमा अग्रता बनाएको छ । 

चेल्सीले दोस्रो लेग आफ्नो घरेलु मैदानमा खेल्नेछ । चेल्सी र पोर्टोबीचको दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।

पोर्टाेको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक–एक गोल गरे । खेलको ३२ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेट चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०९:०७
प्रतिक्रिया दिनुहोस्