site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकन पुलिसविरुद्ध आर्मीलाई पहिलो हाफमा २-१ गोलको अग्रता 

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा अहिले श्रीलंकन पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गरिएको छ । 

नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेलिरहेकोे छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध  पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको छ । 

खेलको २८ औँ मिनेटमा इभान इसान्टेले गोल गर्दै श्रीलंकन पुलिसलाई अग्रता दिलाए  । खेलको ४१ औँ मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए ।  खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै २-१ गोलको अग्रता दिलाए । 

यसअघि खेलको १० औं मिनेटमा सन्तोष तामाङले डी एरिया बाहिरबाट हानेको पास श्रीलंकन पुलिसका गोल रक्षक डेनिस महेन्द्रनले सहजै रोकेर आउट फालिदिएका थिए । 

खेलको १२ औं मिनेटमा कर्नरबाट आएको बल भरत खवासले हेड गर्दा गोल भने हुन सकेन् ।   खेलको ३४ औँ मिनेटमा आर्मीका भरत खवासले डि बक्स भित्रको बल आउट फालेका थिए  । 

आजको खेलमा आर्मी सहज जित निकाल्ने योजनामा छ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १८:२१
प्रतिक्रिया दिनुहोस्