बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राज कपुर र दिलीप कुमारको घरलाई संग्रहालय बनाउँदै पाकिस्तान सरकार
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank

पाकिस्तान । बलिउडका दुई दिग्गज कलाकार राज कपुर र दिलीप कुमारको पाकिस्तानमा रहेका पैतृक घरहरूलाई संग्रहालय बनाइने भएको छ । पाकिस्तानको खैबर पख्तूनख्वाह सरकारले जीर्ण अवस्थामा रहेका कलाकारद्वय घरलाई किनेर संग्रहालयमा परिणत गर्ने तयारी गरेको हो ।

राज्य सरकारले यी दुबै घरहरू भूमि अधिग्रहण ऐन १८९४ अन्तर्गत रहेर खरिद गर्न लागेको छ । छिट्टै यी घरका मालिकहरूलाई मुआब्जा पनि दिइने नवभारत टाइम्सले उल्लेख गरेको छ । 

Agani Group

अभिनेता दिलीप कुमारको घरको मुल्य भारु ८०.५६ लाख र राज कपुरको घरको मुल्य भारु १.५० करोड तोकिएको छ । यो मूल्य पाकिस्तानको पुरातत्व विभागले तोकेको हो । 

घरका हालका मालिकहरू घर बेच्न तयार नभएपछि राज्य सरकारले कानुनी कदम ती घरलाई खरिद गर्न लागेको हो ।
राज कपुरको घरलाई ‘कपुर हवेली’ भनिन्छ । ख्वानी बाजारमा अवस्थित उक्त घर उनका बुबा पृथ्वीराज कपुरले बनाउन लगाएका थिए । कपुरको घरको नजिकै दिलीप कुमारको पैतृक घर रहेको छ । नवभारत टाइम्स 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्