site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्रीलंकन पुलिससँग खेल्दै आर्मी 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा आज श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल साँझ साढे ५ः३० बजे सुरु हुनेछ । प्ले अफअन्तर्गत पहिलो खेलमा आर्मीलाई घरेलु मैदानमा आफूलाई प्रमाणित गर्ने अवसर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले खेलाडीहरू पूर्ण रूपमा फिट भएकाले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए । एएफसीको लाइसेन्स प्राप्त गरिसकेपछि नै आफूहरूले तयारी गरिरहेको बताउँदै उनले टिमको प्रदर्शन सम्झनलायक हुने दाबी गरे ।

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।

Global Ime bank

आर्मीका कप्तान भरत खवास पनि अन्तर्राष्ट्रिय फुटबलमा आफूहरूको पहिचान बनाउन यो प्रतियोगिता महत्वपूर्ण भएको बताउँछन् । प्रतियोगिताका लागि खेलाडीले राम्रो तयारी गरेकाले जित निकाल्ने कुरामा आफू विश्वस्त रहको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC