site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमन्त्री दुलालले हातपात गरेको ओली पक्षको आरोप
एमाले केन्द्रीय कार्यालय । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको ओली समूहले वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री तथा माओवादी केन्द्रका नेता युवराज दुलालले जिल्ला कमिटीका सदस्यलाई हातपात गरेको आरोप लगाएको छ ।

एमाले जिल्ला कमिटी सदस्य एवं इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष विष्णुमणि आचार्य र सोही संस्थामा कार्यरत कर्मचारी अशोक कोइरालालाई राजेश्वरी माध्यमिक विद्यालयको प्रांगणमै हातपात गरेको ओली समूहका अध्यक्ष बालकृष्ण देउवाको जिकिर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सामान्य विवादमा विद्यालयको प्रांगणमा हातपात गरेको आरोप लगाउँदै उनले छानबिन गरी कारबाही गर्न माग पनि गरेका छन् ।

“सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं-७, सिपापोखरेमा भएको घटनाले नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीलाई दुखित बनाएको छ । २०७७/१२/२४ गते मेलम्ची खानेपानी विकास समितिको सहयोगमा समुदायलाई एम्बुलेन्स हस्तान्तरण गर्न आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा सामान्य विवाद भएको थियो । यही विषयलाई लिएर प्रदेश माननीय एंव पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालले नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष विष्णुमणि आचार्य र सोही संस्थामा कार्यरत कर्मचारी अशोक कोइरालालाई कार्यक्रमस्थल राजेश्वरी माध्यमिक विद्यालयको प्रांगणमै हातपात गरेका छन् । दुलाल नेतृत्वमा रहेको एक समूहले सामूहिक रुपमा हातपात गर्दा संस्थाका कर्मचारी अशोक कोइरालाको आँखामा चोटसमेत लागेको छ । यस्तो अमर्यादित र अशोभनीय व्यवहारको घोर भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीउपर यथोचित कारबाहीको लाग जोडदार माग गर्दछु," विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC