site stats
बाह्रखरी :: Baahrakhari
देश
२६० संक्रमित थपिए, थप ११३ संक्रमणमुक्त 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का २६० संक्रमित थपिएका छन् । चार हजार २४३ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २६० जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ६९ जना छन् भने आइसोलेसनमा एक ९७९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्