site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् वाग्मतीमा खनाल–नेपाल समूहका जिल्ला अध्यक्ष

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले आज वाग्मती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ । आज राजधानीको सिद्धीगणेश पार्टी प्यालेसमा कार्यक्रम गरी समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

वाग्मती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एकजनालाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, काभ्रेमा टोकबहादुर वाइबा, सिन्धुपाल्चोकमा झम्क नेपाल, नुवाकोटमा नारायण खतिवडा, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एकजनालाई खनाल–नेपाल समूहले अध्यक्ष बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एकजना, भक्तपुरमा ध्रुव विस्टलाई अध्यक्ष बनाउने तयारी खनाल–नेपाल समूहको छ । चितवनमा तेजेन्द्र खड्का, धादिङमा शिवराज कँडेललाई अध्यक्ष बनाउने उनीहरुको तयारी छ । रसुवामा टुंगो नलागिसकेको स्रोतले जानकारी दियो ।

खनाल–नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:०२
प्रतिक्रिया दिनुहोस्