site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेश कमिटी घोषणा गर्दै खनाल-नेपाल समूह

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले समानान्तर कमिटी घोषाणालाई तीव्रता दिएको छ । वडा तहसम्मै समानान्तर कमिटी बनाउने उद्घोष गरेको खनाल-नेपाल समूहले आज वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषाणा गर्ने भएको छ ।

अहिले ११ बजे कलंकीस्थित सिद्धीगणेश पार्टी प्यालेसमा बस्ने बैठकले कमिटी घोषणा गर्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा अघि बढेकाले आफूहरु संगठित हुदै जाने बताइन् ।

आजै नवगठित कमिटीको सपथ ग्रहण गरेर बैठक बस्ने तयारी खनाल-नेपाल समूहले गरेकाे छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्