बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
टीबीसी जब फेयर हुँदै
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर – २०२१ को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो अप्रिल ९ मा जब फेयरको आयोजना गर्न लागेको जनाएको छ । जब फेयरमा प्रतिष्ठित २५ कम्पनीहरुको सहभागीता रहने कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले बताए ।

कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउने जनाइएको छ । जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहने कलेजले जनाएको छ ।

जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउन चाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्दै आएको जनाएको छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्