site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिको विरोधमा नेविसंघकाे प्रदर्शन

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि नेविसंघले प्रदर्शन गरेको हो । 

नेविसंघका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गएका बेला सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"कोरोना आक्रान्त पछि बिस्तारै मुलुक सामान्य हुदै गएको तर खतरा कायम नै रहेको समयमा सरकारले राहत दिनुर्थ्याे । तर उल्टो सरकारले बारम्बार पेट्रोलियम पदार्थ सँगै सबै क्षेत्रमा मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको छ," उनले भने ।

आयल निगमले आइतबार रातिदेखि लागूहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्