site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिकोणात्मक क्रिकेटका लागि बन्द प्रशिक्षणमा बोलाइयो २० खेलाडी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

आउँदो वैशाख ४ गतेदेखि काठमाडौंमा हुने क्रिकेट शृंखलाका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्यानले ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ शेख, आसिफ शेखलाई प्रशिक्षणमा बोलाएको छ ।

यस्तै, कुलश भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब अलाम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

बन्द प्रशिक्षण यही चैत २८ गतेदेखि हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १४:५०
प्रतिक्रिया दिनुहोस्