
काठमाडौं । स्पेनिस ला लिगा क्लब रियल रियल सोसिडाडले ३६ वर्षपछि पहिलो पटक स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ ।
सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको हो ।
यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।
शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।
सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
यता बिल्बाओले भने यहिँ अप्रिल १७ मा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ । सन् २०२०÷२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ ।