site stats
बाह्रखरी :: Baahrakhari
खेल
रियल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । साविकको विजेता टोली रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । 

शनिबार राति भएको खेलमा इबरलाई सहजै पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रियलले इबरलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन मार्को एसेन्सियो र करिम बेन्जिमाले एक–एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २९ खेल खेलको रियल ६३ अंक जोडेको छ । पराजित इबर २३ अंक जोडेर रेलिगेसन जोनमा छ । 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०८:४४
प्रतिक्रिया दिनुहोस्