साहित्य
1617444809.jpg)
काठमाडौं । कवि तथा लेखक हरि अधिकारीको गद्य रचनाहरूको संगालो ‘संकलित गद्यरचना’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आख्यानकार ध्रुव सापकोटाले उक्त निबन्ध÷प्रबन्धसंग्रह सार्वजनिक गरेका हुन् ।
आफ्नो मन्तव्यमा सापकोटाले हरि अधिकारीका लागि कविता विधा प्रिय भए पनि उनले साहित्य र राजनीतिमा समान रूपमा लेख्दै आएको बताए ।
कार्यक्रममा लेखकहरू शरदचन्द्र वस्ती, ध्रुव मधिकर्मी, राजकुमार बानियाँ, निर्मल अर्याल र पुस्तकका प्रकाशक आशुतोष अधिकारीले आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७ १५:५६
प्रतिक्रिया दिनुहोस्