site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्मी, पुलिस र एपीएफको जित 

काठमाडौं । विभागीय टोली आर्मी, एपीएफ र पुलिस क्लबले पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा जित निकालेका छन् ।
 
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भएको पहिलो खेलमा एपीएफले ढोरपाटन क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । शुक्रबार एपीएफले ढोरपाटनमाथि २५–३, २५–९ र २५–५ को जित निकाल्न सफल भयो ।
     
त्यस्तै दोस्रो खेलमा पुलिसले पुलिसले मेट्रो खेलकुद परिषदमाथि २५–४, २५–८ र २५–१२ को सेटमा जित निकाल्यो ।

त्यस्तै शुक्रबार न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । आर्मीले न्यु डाइमण्डमाथि २५–१७, २०–२५, २५–२३, १५–२५ र १५–१२ को सेटमा जित निकालेको हो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तस्बिर : सुनिल प्रधान

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्