site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफको सुखद सुरुआत 

काठमाडौं । नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ । 

विभागीय टिम एपीएफले बिहीबार भएको आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भएको पुरुषतर्फको खेलमा बुलबुले रारा क्लबलाई ३–१ को सेटमा पराजित प्रतियोगितामा राम्रो सुरुआत गर्न सफल भयो । 

खेलको पहिलो र दोस्रो सेटमा एपीएफले बुलबुलेलाई २५–२० र २८–२६ ले पराजित गरेको थियो । उता बुलबुलेले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा फर्कने अवसर पायो । 

चौथो सेटमा ३२–३० को सेटमा जित निकाल्दै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको हो ।

पुरुषतर्फ नै पहिलो खेलमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

महिलातर्फको पहिलो खेलमा न्युडाइमण्ड स्पोर्ट्स क्लबले जित हासिल गर्यो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्