site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्समा तेस्रो चरणको लकडाउन, विद्यालय र पसल तीन हप्ता बन्द

बीबीसी । फ्रान्समा शनिबारदेखि तेस्रो चरणको देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति इम्यानुयल म्याक्रोनले कम्तीमा तीन हप्ताका लागि देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

यो महिनाको सुरुवातमा १९ जिल्लामा गरिएको लकडाउन शनिबारदेखि लागु हुने गरी देशभर विस्तार गरिएको हो । सो अवधिभर अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द रहनेछन् भने विशेष कारणबाहेकका अवस्थामा घरदेखि १० किलोमिटरभन्दा टाढा पाइने छैन । विद्यालयहरु समेत अनलाइन माध्यमबाट मात्र सञ्चालन गरिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एक व्यक्तिले अन्य व्यक्तिसँगको सम्पर्क सीमित गर्न आवश्यक छ,” सम्बोधनका क्रममा म्याक्रोनले भने, “हामीले अहिले नै कदम नचाल्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने छ ।” खोप कार्यक्रम र सुरक्षाका मापदण्ड सँगसँगै अपनाउनुपर्नेमा म्याक्रोनले जोड दिए ।

फ्रान्समा हालसम्म ९५ हजार ४९५ जनाले कारोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् । पाँच हजारभन्दा बढी संक्रमितको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बुधबार मात्र ५९ हजार ३८ नयाँ संक्रमित भेटिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १३:१२
प्रतिक्रिया दिनुहोस्