site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोर्चुगलको जितमा रोनाल्डोको गोल 

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा पोर्चुगलले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो । लक्जेम्बर्गको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन डिएगो जोटा, क्रिस्टियानो रोनाल्डो र जोआ पाल्हिन्हाले एक–एक गोल गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता लक्जेम्बर्गका लागि ग्रेसन रोर्डिग्युसले एक गोल फर्काए । १० खेलाडीमा समित लक्जेम्बर्गमाथि पोर्चुगलले सहज जित निकाल्न सफल भएको थियो । 

खेलको ३० औं मिनेटमा ग्रेसनले गोल गर्दै लक्जेम्बर्गलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्यूरी समयमा जोटाले गोल गर्दै पोर्चुगललाई बराबरी दिलाए । 

५१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । ८० औं मिनेटमा पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३–१ को जित दिलाए ।

खेलको ८७ औं मिनेटमा म्याक्सिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै शीर्ष स्थानको पोर्चुगलले समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेको छ । लक्जेम्बर्ग २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०९:३०
प्रतिक्रिया दिनुहोस्