site stats
बाह्रखरी :: Baahrakhari
विदेश
साउदी अरेबियाले १० अर्ब रुख रोप्ने 

रियाद । विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले ‘ग्रिन इनिसिएटिभ’ को वातावरणमैत्री कार्यक्रम अन्र्तगत जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न देशभर १० अर्ब रुख रोप्ने घोषणा गरेको छ । 

‘साउदी ग्रिन इनिसिएटिभ’ मार्फत २०३० सम्ममा साउदीले देशको कार्बन उत्सर्जन कम गराइ, आधा भन्दा बढी ऊर्जा नवीकरणीय श्रोतबाट उत्पन्न गराउने लक्ष्य राखेको छ । यो कदमलाई साउदीका राजकुमार मोहोम्मद बिन सलमानले नै अघि बढाएका हुन् । 

उनले भनेका छन्, “विश्वव्यापी तेल उत्पादनमा अग्रता कायम गर्दै आएकाले पनि जलवायु संकट विरुद्धको लडाईँमा हाम्रो जिम्मेवारीबारे हामी पूर्ण रुपमा सचेत छौँ । त्यसैले तेल र ग्यासको युगमा ऊर्जा बजारलाई दिर्गकालीन र स्थिर राख्दै संसारलाई आगामी ‘हरियो युग’ तर्फ अघि बढाउन हाम्रो भूमिका अहम रहनेछ भन्ने हामीले बुझेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो इनिसिएटिभ साउदी अरेबियाको भिजन २०३० परियोजनाकै हिस्सा रहेको समेत उनले बताए । यो योजनामा साउदीलाई तेलप्रतिको निर्भरताबाट पनि मुक्ति दिलाउने लक्ष्य रहेको छ । 

साउदी अरेबिया अमेरिका पछिकै सबैभन्दा ठूलो तेल उत्पादक मुलुक हो र विश्वव्यापी उत्पादनमा यसले १२ प्रतिशत योगदान पुर्याउँछ । राजकुमार सलमानका अनुसार साउदी लगायत सबै खाडी राष्ट्रहरुले मौसम सम्बन्धी चुनौतिहरुको सामना गरिरहेका छन् जसकारण पनि कार्बन उत्सर्जन कम गर्नु अत्यन्तै जरुरी छ । यसले आपतकालीन आर्थिक संकट निम्त्याउने पनि उनले बताए । 

मध्य पुर्वको प्रमुख शक्तिका रुपमा साउदीले आफू क्षेत्रीय वातावरणका कार्यक्रमहरुमा सहभागी हुन चाहेको पनि दाबी गरेको छ र ‘मिडल इस्ट इनिसिएटिभ’ अन्र्तगत मध्यपूर्वी क्षेत्रभर ४० अर्ब रुख रोप्न चाहेको बताएको हो । राजकुमार सलमानले यो कार्यक्रम विश्वकै सबैभन्दा ठूलो वृक्षरोपण कार्यक्रम हुने बताए । साउदी इनिसिएटिभले मात्र विश्वव्यापी उत्सर्जनको चार प्रतिशत घटाउन सक्ने उनको भनाइ छ । 

साउदी बाहेक गल्फ क्षेत्रका अन्य मुलुक जस्तै कतारले पनि वातावरणमैत्री कार्यक्रमबारे घोषणा गरिसकेको छ । कतारले अर्को वर्षको विश्वकप फुटबल सुरु हुनु अगाडि यसको तयारीमा १६ हजार रुख रोपिसक्ने दाबी गरेको छ । 

साउदीले यस वातावरणमैत्री परियोजनालाई सिमित पानी भएको क्षेत्रमा कसरी प्रभावकारी रुपमा सञ्चालन गर्नेछ भन्नेबारे चाहिँ विस्तृतमा खुलासा गरेको छैन ।

तर यसमा देशका सबैभन्दा प्रमुख व्यक्तितवको संलग्नताले यो मुलुकको छवि सुधार्ने प्रयास भएको पनि स्पष्ट पारेको छ । किनकी केही समय अघि मात्र अमेरिकी खुफिया एजेन्सीको डाटाले राजकुमार मोहोम्मदले नै २०१८ मा साउदी पत्रकार जलम खासोग्गीको मृत्यु स्वीकृत गराएको बताएको थियो जो सलमानका आलोचक रहँदै आएका थिए ।  द इन्डिपेन्डेन्ट 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०८:११
प्रतिक्रिया दिनुहोस्