site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरिदिएको साटो फेर्न हो वा निरङ्कुश शासन चलाउने मनसुवाबाट उत्प्रेरित भएर हो सरकारले संसद्लाई कुनै काम नदिएर सांसदहरूलाई ढाक्रे बनाइदिएको छ । सरकारी असहयोगका कारण संसद् स्पन्दनहीन भएपछि सभामुख सहयोगको याचना गर्दै प्रधानमन्त्री निवास पुगेका छन् ।

जनताका प्रतिनिधिहरूको सबैभन्दा उपल्लो संस्था संसद्लाई नै स्पन्दनहीन बनाएपछि लोकतन्त्रका अरू अवयव पनि निर्जीव हुन्छन् । प्रतिनिधि सभाका बैठकहरू बसे पनि तिनले कुनै काम पाएका छैनन् । संसद्को गत वर्षे अधिवेशन कोभिड(१९ को महाव्याधिका कारण बजेट स्वीकृत हुनेबित्तिकै स्थगित गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

संसद्को अगिल्लो अधिवेशनकै समयमा सत्तारुढ दल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा किचलो सुरु भएको थियो । सभामुखसँग पनि परामर्श नगरी संसद् स्थगित गरिनुको मुख्य कारण सम्भवतः यही थियो । महाव्याधि नियन्त्रणमा त याे सरकार कहिले पाे गम्भीर थियाे र ? 

नेकपाकै विवाद चर्किँदै गएपछि जनप्रतिनिधिलाई छल्नैका लागि प्रतिनिधि सभा भङ्ग गरियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने कार्य ‘असंवैधानिक’ ठहर गरेर बदर गरिदियो । सरकारले सर्वोच्च अदालतबाट  जीवनदान पाएको मूर्च्छित संसद्लाई बौरिए पनि तंग्रिन नदिने रणनीति अपनाएको देखियो ।

Global Ime bank

संसद् सञ्चालनका लागि सभामुखले प्रधानमन्त्री सामु  सहयोगको याचना गरेर निरीह देखिनु सही भयो कि गलत भन्ने विषयमा विवाद हुनसक्छ । परन्तु, सभामुखले आफूले अपमान सहेर पनि संसद्लाई जीवन्त बनाउन खोज्नु भने सराहनीय कार्य हो । संसद् बैठकहरू नियमितरूपमा सञ्चालन हुन थाले भने शासनका अरू अवयव पनि जीवन्त हुनेछन् ।

सरकारसँग बहुमतमा नभएकै कारणले सकेसम्म संसद्लाई निष्क्रिय राख्ने रणनीति सरकारले अपनाएको हुनुपर्छ । अल्पमतमा परेपछि संसद्लाई छलेर जोगिनु राजनीतिक नैतिकता हुँदैन । तर, प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट लोकतान्त्रिक अभ्यासको सम्मान वा राजनीतिक नैतिकताको अपेक्षा गर्नु सायद मूर्खता हुन्छ । यसैले प्रधानमन्त्री ओलीले संसद्को अवसान गराउने तानाबाना फेरि बुन्न थालेको हुनुपर्छ ।

यसैले सरकारले सहयोग नगरे पनि सदनका बैठकहरू सञ्चालन गर्न सभामुख पूर्वक्रियाशील हुनु आवश्यक र उचित देखिन्छ । विशेषगरी संसद्का अरू दलहरूसँग पनि परामर्श गरेर संसद्मा जनताका पीरमर्का पोख्न सकिने वातावरण बनाउन सभामुखले दृढता देखाउनुपर्छ । सदनमा सार्वजनिक महत्त्वका विषयहरूमा मात्रै पनि बहस सुरु गरिए राजनीतिक निराशा केही कम हुनेछ । संसद्को प्राण जोगाउन पनि यसलाई गति दिनुपर्ने हुन्छ भने सभामुखको अग्रसरतामा मात्र त्यो सम्भव छ ।          

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC