site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अमरावतीजस्तो कान्तिपुरी अर्थात् काठमाडौं बेलाबखत निसासिन्छ । कहिले राजनीतिका कारण उकुसमुकुस हुन्छ त कहिले नाकाबन्दीजस्तो आर्थिक कारणले यहाँको जीवनरेखा खलबलिन्छ । यसपटक भने काठमाडौंको आकाशलाई तुवाँलाले ढाकेका कारण यहाँको जनजीवनमात्र हैन जीवजन्तु पनि निसासिन पुगेका छन् । काठमाडौंमा बढेको वायु प्रदूषणको मात्रा अत्यन्त खतराको स्तरमा पुगेपछि  सरकारले शुकवार सावधानी अपनाउन सचेत गराएको छ । 


अचेल काठमाडौंको वायु प्रदूषण सधैँ जनस्वास्थ्यका लागि खतरनाक रहिआएको छ । कचौरा आकारको यस उपत्यकामा उत्पन्न हुने धुवाँ र धुलोको मात्रा हुरी वा वर्षाले मात्र हटाउन सक्छ । सम्म मैदान वा भिरालो पहाडले जति प्रदूषण हावा निस्कने बाटोविनाको उपत्यकाले धान्न सक्तैन ।

Prabhu Bank
Agni Group
NIC Asia


 यस उपत्यकाका बासिन्दा र शासकले भने उपत्यकाको भौगोिलक बाध्यताको सामान्य सत्य पनि बुझ्न खोजेनन् । यसैले दुनियाँकै प्राचीन र सुन्दरमध्येको एक बस्ती मानिएको काठमाडौं उपत्यकाको वायुसमेत विषालु बनाए । यसपटक त उपत्यका  वरपर विभिन्न भेगमा लागेको डँडेलोबाट उठेको धुवाँ पनि काठमाडौंको प्रदूषित हावामा मिसिँदा सासै फेर्न नसकिने हुन पुगेको हो ।


विज्ञहरूका अनुसार उपत्यकाको वायु प्रदूषण अपेक्षित मात्रामा कम हुन हुरी वा पानी आउनुपर्छ । अहिलेसम्म नेपालमा कृत्रिम हुरी र वर्षाको अभ्यास भएको छैन । यसैले यी दुवै कामका लागि प्रकृतिको ‘कृपा’ पखर्नुको विकल्प छैन । तर, वायु प्रदूषणको मात्रा घटाएर खतराको स्तर कम गराउन भने सरकार र उपत्यकावासीले चाहेमा सकिने देखिन्छ । यस्ताे अवस्था पटकपटक आउन सक्ने हुनाले बेलैमा निश्चित उपाय अनाउने गरेमा पछिल्ला सङ्कट टार्न सहज हुनेछ ।

Global Ime bank


सरकारले उपत्यकावासीलाई वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी घरबाहिर नबस्न र केही दिन बिहान नहिँड्न सल्लाह दिएको छ भने प्रदूषण बढाउने धुवाँ, धुलो बढ्ने काम नगर्न अनुरोध गरेको छ । सावधानी अपनाउन सरकारले दिएको सल्लाह जनहितकारी नै छन् ।  वायु प्रदूषण र कोभिडको सङ्क्रमण दुवैको प्रकोप रोक्न मास्कको प्रयोग प्रभावकारी हुने हुनाले सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गरौँ । यिनको पालना गरेर आफू र आफन्तलाई सकेसम्म सुरक्षित बनाउनु जनताको पनि दायित्व हो ।


वायु प्रदूषणको मात्रा कम गराउने अरू उपायप्रति भने सरकार मौन देखियो । मूलतः सवारी साधनको प्रयोग नियन्त्रण गर्ने हो भने उल्लेख्यरूपमा वायु प्रदूषण घटाउन सकिन्छ । यसैले सरकारले बिदाका दिनमा अत्यावश्यक सेवाका बाहेक अरू सवारी चलाउन निरुत्साहित गर्ने, केही दिन सार्वजनिक यातायातबाहेक निजी सवारी साधन आलोपालो चलाउन लगाउने र ब्यारेक, अस्पताल, सामूहिक आवासलगायतका स्थानमा खाना बनाउन दाउराको प्रयोग रोक्ने तथा फोहोर डडाउन नदिनेजस्ता उपायमा जोडदिनु आवश्यक छ । काठमाडौंका जनता र शासक दुवैले अमरावती तुल्य यस उपत्यकालाई बिखालु हावाबाट मुक्त पारेर मानव बसोवासका लागि योग्य तुल्याउन इच्छुक छन् त ? 
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC