site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘एमाले सिध्याउन हिँडेका भीम रावल प्रचण्डसँग गए हुन्छ, हाम्रो इन्चार्ज लेखराज नै हुन्’
फाइल तस्बिर ।

काठमाडौं । अदालतले नेकपा एमाले ब्युँताएपछि त्यहाँभित्रको संघर्ष पुनः नयाँ शिराबाट उठेको छ । एमाले सुदूरपश्चिम कमिटीले भीम रावललाई कुनै हालतमा प्रदेश इन्चार्ज नस्वीकार्ने बताउँदै उनको नेमप्लेट तोडफोड गरेको छ ।

बुधबार कार्यालय स्थापना गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडमा केही घाइतेसमेत छन् ।

बाह्रखरीसँग कुराकानी गर्दै प्रदेश अध्यक्ष कर्ण थापाले ‘एमाले सिध्याउन हिँडेका रावल एमालेमा फर्कने नैतिक आधार नभएको’ भन्दै उनको बोर्ड परिवर्तन गरिएको बताए ।

Dabur Nepal
NIC Asia

“हामीले विवादित अवस्थामा पार्टी नचलाऔँ भनेका थियौँ । भीम रावलका उद्दण्डहरूले पार्टी कार्यालय चलाइरहेका थिए । आज हामीले एमालेको बोर्ड पुनःस्थापित गरेका हौँ,” उनले भने, “नेमप्लेट राख्ने सन्दर्भमा विवाद भएको हो । हाम्रो नेता लेखराज भट्ट नै हो ।”

गएको पुस ५ गतेको कदमले पार्टी विभाजित हुँदा केपी शर्मा ओली पक्षले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेको थियो । अदालतले नेकपा एमाले नै ब्युँताइदिएपछि पनि भट्ट नै नेता भएको उनको निष्कर्ष छ । यद्यपि, एकतापूर्व एमालेको सुदूरपश्चिम कमिटी इन्चार्ज रावल नै थिए ।

“अदालतले पार्टी पुनःस्थापित गरेको हो । व्यक्ति को राख भनेको छैन,” उनी भन्छन्, “पार्टी समाप्त पार्न भूमिका खेल्ने त भीम रावल हुन् । अराजकहरूको नेतृत्व स्वीकार्न सकिँदैन ।”

थापाले रावललाई कारबाही गर्नुको विकल्प नरहेको बताए । “हिजो–अस्ति सुन्नुभएन, उनले प्रधानमन्त्रीलाई तिम्रो पार्टी कुन हो ? भन्दै सोध्दै थिए । त्यस्ता व्यक्तिलाई कसरी नेता मान्नू ! उनी प्रचण्डसँग गए हुन्छ । माओवादी केन्द्र भए हुन्छ । एमाले कायम हुने कुनै अधिकार छैन । हक छैन,” उनले आक्रोशित भावमा भने ।

अहिले एमाले जोगाउने कि समाप्त गर्ने भन्ने लडाइँका बेला पार्टी समाप्त पार्न हिँड्नेलाई कुनै हालतमा स्वीकार्न नसकिने उनको निचोड छ ।

पुनःस्थापित भएपछि एमालेभित्रको गुटगत संघर्ष झन् पेचिलो बन्दै छ । आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नयाँबानेश्वरस्थित अर्याल होटेलमा छुट्टै बैठक बोलाएका छन् ।

एमाले ब्युँतिएपछि अब कसरी अगाडि बढ्ने र पार्टी सत्तामा कसरी बलियो बन्ने भनेर उनीहरू छलफलमा छन् ।

आजै वरिष्ठ नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारको विकल्प सोच्न नसकिने र यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro