site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपाको ‘अन्तिम बैठक’ पेरिसडाँडामा, अब एमाले र माओवादी छुट्टाछुट्टै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तिम बैठक पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।

यो बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्‍यौँ,” नेता श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भने, “यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक हुन सक्छ ।”

उनले अझै पनि एकताको पहल जारी राख्ने बताए ।

“सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो,” उनले भने,“दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।”
 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्