अर्थ व्यवसाय
काठमाडौं । मध्यपूर्वका परिकारमा केन्द्रित रहेर ‘अलेभ कबाब सल्टनेट’ सञ्चालनमा ल्याइएको छ । कबाब, बाकलाभा, डोल्का, दही, डोनर कबाब र सौर्मामा केन्द्रित रहेर रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
काठमाडौंस्थित नक्सालमा सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित चारजनाको लगानी छ । एकपटकमा ६० जनालाई सेवा दिने क्षमताको रेस्टुरेन्टमा १५ जनालाई रोजगारी दिइएको संस्थाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७ १८:३०
प्रतिक्रिया दिनुहोस्