site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन आयोग पुगेर दर्ता पनि भइसक्यो सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसला निर्वाचन आयोग पुगेर दर्ता पनि भइसकेको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै दर्ता भएको जनाएको छ ।

फैसला कार्यालय समयमा नै प्राप्त भइ आयोगमा १०१४ दर्ता नम्बरमा दर्ता पनि भइसकेको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो छ आयोगको विज्ञप्ति


मिति २०७७।११।२३

प्रेस बिज्ञप्ती

सम्मानीत सर्वोच्च अदालतको च.नं.२२७३ मिति २०७७।११।२३ को मुद्दा नं. ०७५-WO-०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यूनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी  (ने क पा) दर्ता गर्ने यस आयोगबाट मिति २०७५।०२।२३ र मिति २०७५।०७।०९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज मिति २०७७।११।२३ गते कार्यालय समयमा नै प्राप्त भई यस आयोगमा दर्ता नं. १०१४ मा दर्ता भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।  
(राजकुमार श्रेष्ठ)
सह-सचिव एवं
प्रवक्ता

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १८:१३
प्रतिक्रिया दिनुहोस्