site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रवीण मृत्यु प्रकरणका मुख्य आरोपित प्रहरीद्वारा सार्वजनिक
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरणमा मुख्य आरोपित दुईजना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोप लागेका सबै ६ जनालाई नै पक्राउ गरेको छ ।

पक्राउ गरिएकामध्ये दुईजना जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका छन् । दुई जनालाई पुर्पक्षमा पठाइएको छ । बाँकी दुई जनालाई भने प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको छ । 
उर्लाबारी नगरपालिका ५ का ३२ वर्षीय बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा ६ जनाविरुद्ध नै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको छ ।

मुख्य आरोपित फरार प्रतिवादी झापा दमक नगरपालिका १० का ३३ वर्षीय राजेश रणपहेली र झापा गौरादह नगरपालिका ९ बैगुन्धुराका दीपेश पौडेल पक्राउ परेको प्रहरीको भनाइ छ । रणपहेली बुटवल र पौडेल झापाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि मोरङको कानेपोखरी गाउँपालिका ७ रमाइलोका १९ वर्षीय सुदीप परियार र रतुवामाई नगरपालिका १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी पक्राउ परेका थिए । उनीहरू जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षमा छन् । उर्लाबारी ९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी ६ का ६० वर्षीय रमेश गिरी धरौटी बुझाएर छुटेका छन् ।

गिरीको घरमा डेरा बस्ने साथीहरूको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भई शव स्थानीय होटलमा फेला परेको थियो ।

Global Ime bank

हत्या भएको दाबी गर्दै प्रहरी र स्थानीयले अनुसन्धानमा हेलचेक्राईं नगर्न भन्दै आन्दोलन गरेका थिए । उनीहरू प्रदर्शन गर्न प्रदेश राजधानी विराटनगरसमेत आएका थिए । मोरङ प्रहरीले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिले पेस गरेको निष्कर्ष 
प्रेमप्रसाद बास्तोलाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश रणपहेलीसमेत भएको कर्तव्य ज्यान कसुरमा अनुसन्धानका क्रममा जाहेरवाला पक्षबाट अनुसन्धान मिसिलमा अर्कै फोटो बनवटी गरी राखी बदनियत पूर्वक अनुसन्धान गरेको तथा मृतकले लगाएको कपडा समेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको सम्बन्धी गुनासो रहेको सम्बन्धमा स्थलगत रुपमा सम्बन्धित मानिस तथा अनुसन्धान मिसिल समेतको अध्ययन गर्दा उक्त नक्कली भनिएको फोटो मिति २०७७/५/३ गते करेन्ट लागि घाइते भएका जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. ८ घर भई उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २६ को नविनराज घिमिरे गहतराजको गोदवारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको फोटो ईलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानको लागि राखिएको हुँदा प्रहरी जवान योगिन सार्कीले कार्यालयको कम्प्युटरबाट मृतकको फोटो प्रिन्ट गरी राखिएको देखिन्छ र उक्त फोटो मिति २०७७/११/९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो किर्ते गरी बदनियतपूर्वक राखिएको देखिँदैन ।

साथै मृतक प्रवीण बास्तोलाले लगाएको कपडा इसीजी गर्दा गोदवारी अस्पतालका कर्मचारीले नै माथि छातीतर्फ सारेको उक्त च्यातिएको अवस्थामा देखिँदैन सो कुरा मृतकको वास्तिक फोटो, लाश जाँच मुचुल्का तथा गोदवारी अस्पतालको आकस्मिक कक्षमा हेल्थ असिस्टेन्ट ध्रुवप्रसाद चौहानको कागजबाट समेत प्रस्ट छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूले अनुसन्धान मिसिलमा सम्लग्न कागजातहरू नियमित प्रमाणीकरण गर्ने तथा अनसुन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र सो प्रतिवेदन अविलम्ब प्राप्त गर्ने, सम्बन्धित निकाय अथवा पदाधिकारी साथै जाहेरवाला पक्षहरूसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको हुँदा विभागिय कारबाहीअनुसार सचेत गराई जवाफदेही बनाउनुपर्ने देखिन्छ ।

समितिले पेस गरेको सुझावहरू
क) घट्नाबाट पीडित अथवा प्रभावित परिवारजनहरूसँग अनुसन्धान अधिकृत लगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरूले पारदर्शी रुपमा र पीडित मैत्रीपूर्ण व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय, सम्पर्क, सहकार्य तथा परामर्श गर्नुपर्ने देखिन्छ ।

ख) लाशजाँच मुचुल्का तथा पोस्टपार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक–घाउँखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनु पर्ने साथै अविलम्व पोस्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशिघ्रा प्राप्त गर्न सम्बन्धित निकाय एवं पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने ।

ग) अभद्र व्यवहार कसूरमा अनुसन्धानमा रहेका प्रतिवादीहरूको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसूरको अनुसन्धान प्रतिवेदन समेतको कार्य सम्पन्न गरेर मात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसूरमा अनुसन्धान अवधी प्रर्याप्त लिने रणनिति लिनु पर्ने सोको लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायधिवक्तसँग राम्रो समन्वय गर्नु पर्ने । 

घ) अनुसन्धान मिसील तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारी समेतले पंजिका बनाउँदा लगायत अन्य कागजात गर्दा समेत गम्भिरताको साथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनु पर्ने ।  

ङ) लाशजाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घट्नास्थल तथा लाशको पर्याप्त फोटो अनिवार्य लिनुपर्ने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC