site stats
बाह्रखरी :: Baahrakhari
खेल
टोटेनहमको जितमा बेलको दुई गोल

काठमाडौं । प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ग्याराथ बेलले दुई गोल गरे । त्यस्तै ह्यारी केन र लुकास मोराले एक-एक गोल गरे । खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । १५औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३१औं मिनेटमा मोराले गोल गर्दै टिमको अग्रता ३-० बनाए । पहिलो हाफमा तीन गोल गरेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

५५औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० गोलको जित दिलाए । जितसँगै टोटेनहमले २५ खेलबाट ३९ अंक जोडेको छ । टोटेनहम तालिकाको आठौं स्थानमा छ । पराजित बर्नलीले २६ खेलबाट २८ अंक जोडेको छ । बर्नली तालिकाको १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २२:१२
प्रतिक्रिया दिनुहोस्