site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्यालयमा आगलागी, एक करोडको क्षति

तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । 

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट हुँदा रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । 

बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ । रासस 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १३:१२
प्रतिक्रिया दिनुहोस्