site stats
बाह्रखरी :: Baahrakhari
देश
दोस्रो चरणको अभियानका लागि प्रदेशमा खोप पठाइँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप वितरणका लागि आजदेखि प्रदेशस्तरमा खोप पठाइँदै छ । प्रदेश नम्बर–१, २ र वाग्मती प्रदेशका लागि केन्द्रीय कोल्डचेन टेकुबाट रेफ्रिजेरेटर भ्यानमार्फत् आज बेलुकासम्म पठाउने जनाइएको छ ।

प्रदेश–१ र २ का लागि दुई लाख ८० हजार डोज र वाग्मती प्रदेशका लागि दुई लाख डोज खोप पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले जानकारी दिए । दोस्रो चरणको खोप अभियानका लागि पहिलेकै कोल्डचेनहरुमा खोप भन्डारण गर्ने मन्त्रालयको योजना छ । प्रदेश–२ मा कोल्डचेन नभए पनि बाराको पथलैयामा नवनिर्मित कोल्डचेनलाई तयारी अवस्थामा राखिएको ढुंगानाले बताए ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत यही फागुन २३ गतेदेखि ६० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइँदै छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १३:५९
प्रतिक्रिया दिनुहोस्