site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजेन प्रिक्वार्टरफाइनलमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राजेन लामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा राजेनले क्यु १४७ का राजेन्द्र श्रेष्ठलाई ४–१ को फ्रेममा पराजित गरे । चामुण्डका जिमी लामाले बनेपाका नितेश राजभण्डारीलाई ४–०, पोखराका विकास महर्जनले विकेन रिजाललाई ४–० तथा लास्ट ब्रेकका सोम लामाले ब्रेक प्वाइन्टका विनोद श्रेष्ठलाई ४–१ ले हराउदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरे ।

शुक्रबारदेखि प्रिक्वार्टरफाइनल खेल सुरु हुनेछ । त्यस दिन चार खेल हुनेछ । नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले लास्ट ब्रेकका सनोज खड्गी, ब्रेक प्वाइन्टका सञ्जय बज्राचार्यले एएक्सएनका वाङ्चु तामाङ, माउन्ट एभरेस्टका कृतेश ज्ञवालीले फस्ट ब्रेकका अमन कार्की तथा बेम्बु कटेजका राजन गुरुङले एस स्नुकरका मिलन लामाविरुद्ध खेल्नेछन् । बाँकी चार प्रिक्वार्टरफाइनल शनिबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्