site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क हुन विभागको आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ जल तथा मौसम विञान विभागले जनाएको छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्ह्तिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Agni Group

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही  स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, काठमाडौंमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ । 

Global Ime bank

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC