site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'संसद् पुनःस्थापना भए आकाश खस्छ, पृथ्वी भासिन्छ ?'  
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद् ‘९९.९ प्रतिशत पुनःस्थापना हुने सम्भावना नभएको’ जिकिर गरेका छन् । मंगलबार राजधानीमा युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले संसद् विघटन अग्रगामी र प्रगतिशील कदम भएको पनि दाबी गरे ।

मन्त्री रायमाझीले संसद् पुनःस्थापनाको कुरा गरेर जनतामा विश्वास नगर्नु यथास्थितिवादी, प्रतिगामी चिन्तन भएको बताए । ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले जनताप्रति विश्वास नभएर नेपाली कांग्रेस ढुलमुल भइरहेको आरोप लगाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘यदि, संसद् पुनःस्थापना भए पनि आकाश खस्छ, पृथ्वी भासिन्छ ?,’’ उनले भने ।

मन्त्री रायमाझीले प्रचण्ड–नेपाल नसच्चिए अब प्रधानमन्त्री नै नबन्ने दाबी गरे । संसद् पुनःस्थापना भए पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने जिकिर गरे । आफूहरुले ओलीलाई फेरि पनि प्रधानमन्त्री बनाउने माहोल बनाउने उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १५:५२
प्रतिक्रिया दिनुहोस्