site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विदेशी पर्यटक लक्षित विभिन्न व्यवसाय सञ्चालन गर्नेहरूले साेमवार संयुक्त पत्रकार सम्मेलन गरी सरकारले उनीहरूकाे समस्याकाे बेवास्ता गरेकाेमा चिन्ता र आक्राेश प्रकट गरेका छन् । दिनहुँ भिड जम्मा गरेर जुलुस निकाल्ने सरकारले विदेशी पर्यटककाे आवागमनमा रहेका असुविधाजनक बन्देज भने नहटाएकाेमा पनि उनीहरूकाे आपत्ति रहेछ ।

काेभिड-१९ काे संक्रमण राेक्न स‌सारभर जस्तै आवागमन प्रतिबन्धलगायतका विभिन्न ‘सुरक्षा उपाय’ लागू गरिएकाे थियाे । अहिले अधिकांश मुलुकले यस्ता बन्देजहरू व्यवसायलाई सहज हुनेगरी हटाएका वा परिमार्जन गरेका छन् । नेपालमा भने अझै पनि पर्यटन व्यवसायलाई अप्ठेराे पर्ने नियम कायमै रहँदा व्यवसाय नै धरापमा परेकाे गुनासाे व्यवसायीले गरेका हुन् ।

काेभिड-१९ काे महामारीबाट विभिन्न व्यवसाय र व्यक्तिमा परेकाे असर कम गर्न नेपाल सरकारले आर्थिक सहयोगका उपायहरू पनि घाेषणा गरेकाे थियाे । यही प्रयाेजनका लागि विशेष काेष खडा गर्नुका साथै पुनर्कर्जा सुविधाजस्ता सहुलियत पनि सार्वजनिक गरिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटन व्यवसायीले आवागमनमा कायम बन्देजकारी नियमले सकसमा पारेसँगै राज्यकाे काेभिड काेषबाट सहयाेग पाउन नसकेकाे गुनासाे पनि गरेका छन् । उनीहरूका अनुसार सत्तामा पहुँच नहुनेहरूले सरकारले घाेषणा गरेका सहयाेग पनि पाउन सकेका छैनन् ।  

जनताकाे जिउधनकाे रक्षा र कल्याण राज्यकाे पहिलाे कर्तव्य हाे । यसैगरी देशभित्रका उद्याेग व्यवसायकाे संरक्षण र प्रवर्धन पनि राज्यकाे प्राथमिक दायित्वमै पर्छ । काेभिड-१९ काे कहरपछि संसारभर नागरिक र व्यवसायलाई बचाउन सरकारहरूले अपनाएका उपायले राज्यकाे यही दायित्व पुनः पुष्टि भएकाे छ । दुर्भाग्य, नेपाल सरकार भने यसकाे अपवाद देखियाे ।

Global Ime bank

पक्कै पनि काेभिड-१९ काे संक्रमणकाे जाेखिम समाप्त भइसकेकाे छैन । विदेशमा भाइरसका नयाँ नयाँ प्रकार देखापरि रहेका छन् । यसैले संक्रमण नियन्त्रण केही सुरक्षात्मक सावधानी अपनाउनु जरुरी नै देखिन्छ । यसमा पर्यटन व्यवसायी पनि पक्कै असहमत हुनेछैनन् ।

अब पर्यटन व्यवसाय फस्टाउने तर समुदायमा संक्रमण नबढ्ने उपाय अपनाउनु आवश्यक छ । व्यवसायीले सत्तामा आफ्नाे पहुँच नभएकै कारण राज्यकाे सुविधाबाट वञ्चित भएकाे ठान्नु नपर्ने पनि सरकारले सुनिश्चित गराेस् ।  

अतः सरकारले विशेष परिस्थितमा लगाएकाे बन्देज हटाउन वा खुकुलाे बनाउन अग्रसरता देखाउन हिचकिचाउनु हुँदैन । नेपालकाे अर्थतन्त्रमा पर्यटनकाे महत्त्वपूर्ण स्थान र याेगदान छ । यसैले पनि व्यवसायीहरूसँग छलफल गरेर पर्यटन व्यवसायलाई अनुकूल हुने वातावरण बनाउन सरकार तत्काल अग्रसर हाेस् । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC