site stats
बाह्रखरी :: Baahrakhari
खेल
सेभिया शीर्ष तीनमा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सेभिया स्पेनिस ला लिगा फुटबलको शीर्ष तीनमा उक्लेको छ । सोमबार राति भएको खेलमा ओसासुनालाई २–० ले पराजित गर्दै सेभिया शीर्ष तीनमा पुगेको हो ।

ओसासुनाको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन डियागो कार्लाेस र लुका डी योङले एक÷एक गोल गरे । खेलको १९औँ मिनेटमा कार्लाेसले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ४९औँ मिनेटमा सेभियाका लागि डी योङले गोल थपे ।

जितसँगै सेभियाले तालिकाको तेस्रो स्थानमा आफूलाई बलियो बनाएको छ । लिगमा २३ खेल खेलेको सेभियाको ४८ अंक जोडेको छ । पराजित ओसासुना २५ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्