site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
तस्बिरमा नगरकोटबाट देखिएको सूर्योदय

काठमाडौं । नगरकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पर्यटकको भिड लाग्ने गर्छ । वाह्य तथा आन्तरिक पर्यटकको भिड लाग्ने नगरकोटमा यो वर्ष कोेरोना महामारीका कारण विदेशी पर्यटक भने अपेक्षित रुपमा आउन सकेका छैनन् ।

काठमाडौंबाट करिब ३२ किलोमिटर उत्तर–पूर्वमा रहेको नगरकोट दैनिक सयौं आन्तरिक र वाह्य पर्यटकको आवतजावत हुनेगर्दछ । नगरकोट भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको एक प्रमुख पर्यटकीय स्थल हो । नगरकोट भक्तपुर र काभ्रेकोबीच भागमा अवस्थित छ । 

नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नगरकोटमा हरेक बिहान सूर्योदयको मनमोहक दृश्यसँगै सफा मौसम भएको बेला मनमोहक हिमशृङ्खला हेर्न सकिन्छ ।  जसमा विश्वको सर्वोच्च शिखर सगरमाथा हिमश्रृङ्खलादेखि धौलागिरी, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से र मकालु लगायतका उच्च हिमश्रृङ्खलाहरुको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०६:३४
प्रतिक्रिया दिनुहोस्