site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ : रघुजी पन्त
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन् ।

नेपाल दलित मुक्ति संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा गरेको विरोध र्‍यालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रुपमा भएको संसद् विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताएका हुन् । सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद् पुन:स्थापना गर्नेमा विश्वास रहेको बताए । जनतालाई जागरुक बनाउन र संसद् पुन:स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउन्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माइतीघर मण्डलदेखि बानेश्वरसम्म भएको र्‍यालीमा प्रदर्शनकारीहरुले संसद् पुन:स्थापनाको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद् विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए । संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि कू भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरुसमेत खोसिएको अनुभूति भएकाले संसद् पुन:स्थापनाको पक्षमा आन्दोलन गरेको बताए ।

 

प्रतिगमनविरुद्ध दलित संगठनको प्रदर्शन (फोटो फिचर)

प्रदर्शनकारीहरुले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौँ, सामाजिक न्यायसहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधिसभाको पुन:स्थापना गरी संविधानको रक्षा गरौंलगायत प्लेकार्डको प्रदर्शन गरेका थिए । 

 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  २०:१५
प्रतिक्रिया दिनुहोस्